गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसहित उनको परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य न्यायाधीवक्ता घिमिरेले सामाजिक सञ्जाल फेसवुकमार्फत आफू, आफ्नी पत्नी अर्जना र आमा मालिकादेवी घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।
मुख्य न्यायाधीवक्ता घिमिरेले अहिले आफूहरुको स्वास्थ्य सामान्य रहेको उल्लेख गर्दै चिकित्सकको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् ।