नेपालमा हालसम्म आठ सय ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु, संक्रमितको संख्या एक लाख ५५ हजार दुईसय ३३ पुग्यो

नेपालमा हालसम्म आठ सय ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु, संक्रमितको संख्या एक लाख ५५ हजार दुईसय ३३ पुग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०७७
  • 6K
    Shares

नेपालमा कोरोना संक्रमणबाट गएको २४ घण्टामा थप १३ जनाको मृत्यु भएसंगै हालासम्मन नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार आठसय ६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार आठसय ४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या तीन हजार तीनसय २२ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा शनिबार थप दुईहजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ५५ हजार दुईसय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा २ हजार आठसय ४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको एक लाख आठ हजार तीनसय ३४ संख्या पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार आठसय ६२ नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार आठसय ४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या तीन हजार तीनसय २२ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार