जनता समाजवादी पार्टीको संघीय परिषदको अध्यक्ष मनोनित भएको समाचार सार्वजनिक भए लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफु र आफ्नी धर्मपत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार स्वयम् भट्टराइले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन्।
उनले सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’
संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।
भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।
जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।