पोखरामा कोरोना संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु

मृत्यु हुनेमा एक जना होटल ब्यबसायी र अर्का लेखापढी ब्यबसायी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०७७
  • 56.6K
    Shares

गण्डकी मेडिकल कलेज

पोखरामा कोरोना संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु भएको छ। म्र्त्यु हुनेहरुमा एक जना पोखराको लेकसाइडका होटल ब्यबसायी हुन् भने अर्का लेखापढी ब्यबसायी हुन्।

पोखराको लेकसाइडमा क्वीन्स पार्क होटल सञ्चाालन गरिरहेका व्यवसायी पोखरा महानगरपालिका वडा नम्बर १ निवासी सुरेश केसीको कोरोना संक्रमणबाट शुक्रबार राती करिब १० बजे मृत्यु भएको हो । ४६ वर्षीय केसीको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । स्वास्थ्यवस्था असमान्य भएपछि उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

केसीले ३० गते अघि नै लाइफ केयर डाइग्नोष्टिक सेन्टरमा स्वाब दिएका थिए । जसको रिपोर्ट ३ गते आएको थियो । स्वाब दिएर रिपोर्ट नआउँदै उनी उपचार गराउन अस्पताल पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

यसै गरी पोखरा महानगरपालिका वडा नम्बर २६ लेखनाथ निवासी लेखापढी व्यवसायीको पनि कोरोना संक्रमणकै कारण आज बिहान पोखरामा मृत्यु भएको छ। मालपोत कार्यालय कास्कीमा लेखापढी ब्यबसाय गर्दै आएका उनी सुगर तथा प्रेसर रोगका कारण गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए। उपचारकै क्रममा उनको स्वाब परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको जानकारी अस्पताल ब्यबस्थापनले परिवारजनलाई जानकारी दिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछी नेपाली सेनाले उनको शब् ब्यबस्थापनको तयारी गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया