नेपालमा कोरोना शुरु भए यता एकै दिन सबै भन्दा बढी संक्रमित र धेरै जनाको कोरोनाकाकारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेस्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, बितेको २४ घन्टामा देशभर पांच हजार सातसय ४३ जनामा कोरोना संक्रमण पुष्टी हुँदा सबै भन्दा धेरै एकै दिन २६ जनाको यही कोरोना संक्रमणकाकारण ज्यान गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या सातसय ९१ पुगेको छ।
देशभरका प्रयोगशालामा बितेको २४ घन्टामा २० हजार सातसय ४२ नमुना परीक्षण गर्दा दुईहजर एकसय ५१ महिला र तीनहजार पाँचसय ९२ पुरुषमा संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण देखिए यता एकै दिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
त्यस्तै, काठमाडौं उपत्यकामा एकैदिन तीनहजार एकसय ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका दुईहजर तीनसय ९१ जना, ललितपुरका पाँचसय ४३ र भक्तपुरका एकसय ७३ जना छन् ।
त्यसैगरी २४ घण्टामा दुई हजार हजार नौसय ९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् । अब देशभर ४४ हजार चारसय ७६ संक्रिय संक्रमित छन् ।