फिष्टेल हस्पिटल पोखरामा कार्यरत महिला डाक्टरसहित पोखरामा आठ जनामा कोरोना संक्रमण पुष्टि

फिष्टेल हस्पिटल पोखरामा कार्यरत महिला डाक्टरसहित पोखरामा आठ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०७७
  • 6.6K
    Shares

पोखराको गहिरापाटनस्थित फिस्टेल अस्पतालमा कार्यरत एक डाक्टरसहित पोखराका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ५ बजे सार्वजनिक गरेको सुचनामा यस्तो कुरा उल्लेख गरिएको छ।

चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल कलेज, पोखराबाट स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको दवाब परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमित डाक्टर पोखरा महानगरपालिका-८ निवासी २५ बर्षीय महिला हुन्। उनीसंगै पोखरा महानगरपालिका वडा नम्बर ९ का दुई जना र वडा नम्बर ५, ८, १३, १४ र ३१ का १/१ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।

उता कास्की जिल्लाकै मादी गाउँपालिकाका ८८ वर्षीय वृद्धलाई पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा यी संगै कोरोना संक्रमितको संख्या छहजार ८७ पुगेको छ |

गण्डकी प्रदेशमा मंगलबार दिउसो ६९ कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरका ३७ र मादी गाउँपालिकाका १ गरि कास्कीका ३८ जना सहित गोरखाका ११, स्याङजाका ७ , पर्वतका ३, नवलपुरका ८ तथा लमजुङ र बाग्लुङका १ -१ जना गरी ६९ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै स्याङजा हरिनास ४ की १ महिला , बिरुवाका १ पुरुष, वालिङका २ पुरुष तथा ३ महिला, पर्वत महाशिलाका ३ पुरुष, बागलुङको बागलुङ नगरपालिकाका ३ का १ पुरुष , लमजुङ बेसीसहर का १ पुरुष, गोरखाको गोरखा नगरपालिकाका ७ पुरुष तथा ४ महिला, नवलपुर विनयत्रिबेणी १ पुरुष तथा २ महिला र कावासोती ८ का ५ पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया