पोखरा महानगरको कार्यपालिका बैठक कांग्रेसद्वारा बहिष्कार, वडाध्यक्ष पहारीले पार्टीको ह्विप टेरेनन्

पोखरा महानगरको कार्यपालिका बैठक कांग्रेसद्वारा बहिष्कार, वडाध्यक्ष पहारीले पार्टीको ह्विप टेरेनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.7K
    Shares

बिना सरसल्लाह भर्चुअल बैठक डाकिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेको छ । तर सोही पार्टीबाट पोखरा महानगरपालिकाको वडा नम्बर ६ मा निर्वाचित वडाध्यक्ष जगतबहादुर पहारीले पार्टीको ह्विपलाई अटेर गर्दै महानगरपालिकाको कार्यपालिका बैठकमा सहभागी भएको समाचार प्राप्त भएको छ।

कोरोनाको कहरकाकारण पोखरा महानगरले यसअघिका बैठकहरु पोखरा सभागृहको हलमा सामाजिक दूरी पालना गर्दै आयोजना गर्दै आएको थियो। तर कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको महानगरले ४२ औं कार्यपालिकाको भर्चुअल बैठक मंगलबार बोलाएको थियो ।

तर बिना सरसल्लाह भर्चुअल बैठक डाकिएको भन्दै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्षहरु बैठकमा सहभागी भएनन्ए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त सो बैठकमा उपस्थित नहुन आफ्ना पार्टीका तर्फबाट बिजयी वडाध्यक्षहरुलाई व्हिप नै जारी गर्यो। । तर त्यही व्हिप्लाई समेत अटेर गर्दै वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारी महानगरको कार्यपालिकाको भर्चुअल बैठकमा सहभागी बने।

वडाध्यक्ष पहारीले पार्टीको व्हिप नै उल्लङ्घन गर्दै महानगरको कार्यपालिका बैठकमा सहभागिता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा स-सानो भुइञ्चालो नै गएको छ। कांग्रेसले पार्टीको व्हिप उल्लङ्घन गर्ने वडाध्यक्षलाई के गर्ने भन्ने बारेमा छलफल शुरु गरेको छ।

वडाध्यक्ष पहारीले भने महानगरको कार्यपालिका बैठकमा तालको मापदण्ड तथा भवन निर्माण सम्बन्धी आफ्ना एजेण्डा तय भएकाले आफुले त्यस बैठकमा सहभागिता जनाएको बताएका छन्भ। उनले आफुले य्थाएका एजेन्डाहरु त्यस बैठकमा समाबेश नभएको भए आफु त्यस बथाकमा सहभागी हुने कुरै नआउने उनले स्पस्ट पारे।

लेकसाइड क्षेत्रका भवनको मापदण्ड र तालको पनि मापदण्डका विषयमा केही एजेण्डा राख्नै पर्ने भएकाले दलको निर्णय विपरित बैठकमा सहभागी भएको उनले सुनाए । ‘सहभागी नहुने भनिएको थियो, तर मलाई भवन निर्माण र मापदण्ड सम्बन्धी एजेण्डा थियो । त्यही कुरा राख्न नि बैठकमा सहभागी भएको हुँ के गर्ने ? बाध्यता थियो मलाई ।’

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक रामराज लामिछानेले, सत्तारुढ नेकपाले बहुमतका नाममा ‘एकलौटी रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान गठन गरेको लगायतका बिषयहरु त्यस बैठकमा एजेन्डाका रुपमा समाबेश नभएकाले नेपाली कांग्रेसले त्यस बैठक बहिष्कार गरेको बताए। उनले आफ्नो पार्टीको तर्फबाट बुझाइएको ध्यानाकर्षण र ज्ञापनपत्रलाइ समेत बेवास्ता गरिएकोमा आक्रोश पोखे।

पार्टीको ह्विप विपरीत महानगरको कार्यपालिका बैठकमा सहभागी वडाध्यक्ष पहारीलाई कारबाही गर्ने कि नगर्ने भन्ने बारे अनुशासन समितिको छलफलको बिद्या हुनसक्ने संकेत गर्दै सचेतक लामिछानेले वडाअध्यक्ष पहारीले बैठकमा सहभागी हुनैपर्ने बाध्यता रहेको भन्दै बचाउ गरे। उनले आफ्ना कुरा राखेर वडाअध्यक्ष पहारीले बैठकबाट बाहिरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार