फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजकमा पुर्व जिविस कास्कीका सभापति पौडेल नियुक्त

फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजकमा पुर्व जिविस कास्कीका सभापति पौडेल नियुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०७७
  • 3.8K
    Shares

पुण्यप्रसाद पौडेल

गण्डकी प्रदेश सरकारले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजकमा पुण्यप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

गत कात्तिक २ गते सम्पन्न गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रश्तावमा अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी पौडेललाई संयोजकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य हुन् ।

पोखरास्थित पर्यटकीय गन्तव्य फेवाताल संरक्षणका लागि सर्बोच्च अदालतले पटक पटक सरकारलाई आदेश दिएको छ । संघीय सरकारले गत साउनमा फेवातालको चार किल्ला सीमाङ्कनका लागि भूमि व्यवस्था मन्त्रालय तथा संरक्षित जलाधार क्षेत्र घोषणका लागि वन तथा वातावरणम मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद् बैठकले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघीय सरकरालाई सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि संघीय सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बैठकले पूर्वाधार विकास कार्यविधिलाई संशोधन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार