पोखरा महानगरपालिका वडा नम्बर २० बिसाउनास्थित मजुवामा आफ़्बै काकाको बिभत्स तरीकाले हत्या गरी भागेका एक मजदुरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्त ओखल्ढुंगा साविक मुलखर्क गा.वि.स. वडा नं. २ हाल सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे बस्ने ४६ वर्षीय इन्द्रबाहादुर तामाङ रहेका छन्।
उनले आफ्नै काका टंकबहादुर तामाङ्गलाई गत बैशाख २१ गते हत्या गरी भागेका थिए। उनलाई लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. २ सोती पसलमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कास्की ल्याएको छ।
अभियुक्त तामाङबिरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ।
भियुक्त ईन्द्र बहादुर तामाङलाई प्रारम्भिक सोधपुछ गर्दा घटनामा आफ्नो संलग्नता बारे स्वीकार गरेकोप्रहरीले जानकारी दिएको छ।
पोखरा महानगरपालिकाको बिसाउनामा मजदुरको बिभत्स तरीकाले हत्या http://www.janasanchar.com/archives/94759
२०७६ साल कार्तिक महिना देखी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका बर्ष ५५ का टंक बहादुर तामाङलाई भतिज इन्द्रबाहादुर तामाङले गत बैशाख गते बिहान ०६:०० बजे हत्या गरी भागेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, उक्त स्थानमा निज मृतक टंक बहादुर तामाङ, भतिज अर्थात दाईको छोरा ईन्द्र बहादुर तामाङ र जिल्ला सिन्धुली घर भई पोखरा बस्दै आएको बर्ष २४ को पन्थ बहादुर तामाङ संगै बस्दै आएका थिए। त्यसै बिचमा गत बैशाख २० गते बेलुकी तीनै जना बसी रक्सी र मासु खाएको र भाँडा खसालेको बिषयमा निज मृतक टंक बहादुर तामाङ र ईन्द्र बहादुर तामाङ बिच चर्काचर्की भै झै-झगडा सुरु भएपश्चात ‘यिनिहरु सधै झगडा गर्छन आजपनि झगडा गरी सुत्न दिदैनन् ‘ भनि निज पन्थ बहादुर तामाङ घटनास्थलबाट अन्दाजी १५० मिटर टाढा रहेको नारायण भन्ने व्यक्तिको घरको पिढीमा गई सुतेका थिए। तर निज पन्थ बहादुर तामाङ भोलिपल्ट बिहान उक्त स्थानमा आउँदा टंक बहादुर तामाङलाई बिभत्स तरीकाले हत्या गरेको अवस्थामा देखेपछि सबैलाई खबर गरेका थिए।