नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।
पोखरा २२ पुम्दीभुम्दीमा जन्मेका पौडेलले ज्ञान ब्यबस्थापन (Knowledge Management) विषयमा बिद्याबारिधी गरेका छन्। उनलाई Knowledge Management विषयमा बिद्याबारिधि गरेर पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई नेपाली कांग्रेसको कालावाङ घडेरी टोल इकाइले सम्मान गरेको हो।
नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत रहेका डा. पौडेललाई नेपाली काँग्रेसका अग्रज नेता खेमराज पौडेल, इकाइ समिति सभापति होमबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए
त्यस कार्यक्रममा अग्रज नेता खेमराज पौडेलले इच्छा शक्ति र शाहसले मानिस सफल हुने बताए । उनले समाजका लागि ठूलोभन्दा असल मानिस आवश्यक रहेको उल्लेख गरे ।
म्मानित व्यत्तित्व डा. कृण्णप्रसाद पौडेलले सम्मानले आफूलाई उत्साहित बनाएको बताउँदै आफ्नो विज्ञतालाई समाजको हितमा उपयोग गर्ने बताए ।
नेपाली काँग्रेस क्षेत्र नं ३(ख) कास्कीका सभापति प्रकाश बरालले भाषण भन्दा पनि जनताको जीवन सुधारका कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जनताले काँग्रेसबाट अपेक्षा गरिरहेको भन्दै जनताको अपेक्षालाई सम्वोधन गर्ने योजना ल्याउनुपर्ने आबश्यात औंल्याए ।
त्यस अवसरमा नेताहरु राजबहादुर गुरुङ, देउकाजी गुरुङ, सु. लोकबहादुर गुरुङ, नेतृ चन्द्रकुमारी विक, भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङ घडेरी टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पौडेल, स्थानीय धु्रवराज पौडेलले बोलेका थिए ।
नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समितिका सभापति होमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिलन गुरुङले सञ्चालन गरेका थिए ।