काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.6K
    Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंले जनाएको छ ।

घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार