पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि,कहाँ कति ?

पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि,कहाँ कति ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०७७
  • 3.2K
    Shares

आश तमु पोखरा । आइतबार बिहान पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय अनुसार कास्कीको पोखरा महानगरका ८ सहित, तनहुँका १६ जना, गोरखाका ३ जना,  स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला,  १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा  ४ महिला, भानुकी १ महिला रहेका छन् ।

त्यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १  पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला  एवं  नवलपुर गैंडाकोटका १२ पुरुष तथा ३ महिला, देबचुलीका २ पुरुष तथा २ महिला र कावासोतीका १-१ महिला पुरुष रहेका छन ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार