कुखुरा चोर्न गएको आरोप लगाउदै कुटपिट गरिएका १८ वर्षीय एक युवाककको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीका १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको हो।
बिहीबार बेलुका ८ बजेतिर छिमेकी घरमा कुखुरा चोर्न गएको आरोप लगाउदै छिमेकीहरू २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीले स्थानीय नरेश चौधरीलाई कुटपिट गरेका थिए र उनीहरुको कुत्पित्काकारण भोलिपल्ट बिहान ती युवाको मृत्यु भएको थियो।
खोरमा कुखुरा कराएको सुनेर खिरमा हेर्न पुगेका बाबु छोराले नरेश चौधरीलाई घरमै गएर कुखुरा चोर्न गएको आरोप लगाएपछि बिबाद हुँदा चौधरीलाई वाबुले टेक्ने लाठीले टाउकोमा हानेको र त्याहे चोटकाकारण अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको देखिन आएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
घाइते चौधरीलाई राती उनकी आमाले घर लागेकोमा भोलिपल्ट ‘बिहान ५ बजेतिर मृत्यु भइसकेपछि मात्रै प्रहरीलाई खबर आएको प्रहरीको जिकिर छ।
चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको भट्टले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। चौधरीको शव भने पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ।