त्रिभुवन विश्वविद्यालयको समाज शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाइ रड हानेर घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले आइतबार रविन लामा र रूपेश साहलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए।
लामालाई प्रहरीले सिराहाबाट पक्राउ गरेको हो भने रूपेश काठमाडौंबाटै पक्राउ परेको बताइएको छ ।
गत असोज २० गते त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार भएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएपछी दोषीलाई पक्राउ गरी कानूनी कारबाही गरिनुपर्ने माग राखेर बिभिन्न संघ संगठनहरुले बिज्ञप्ति निकालेका थिए।