पोखरामा थप आइतवार दिउसो २८ जनामा कोरोना पुष्टि

पोखरामा थप आइतवार दिउसो २८ जनामा कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०७७
  • 4K
    Shares

पोखरामा नया २८ नयाँ गरी गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ३२ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका २८ जना छन् । स्याङ्जाको वालिङ नगरपालिकाका २, भीरकोट नगरपालिकाका १ र तनहुँको व्यास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित प्रदेशभर संक्रमितको संख्या ४८ सय १ पुगेको छ । ३२ सय ८४ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका ११ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार