सांराश
आइतवार बिहानै पोखरा महानगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टी
बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा कोरोना संक्रमण पुष्टी
आश तमु पोखरा – आइतवार बिहानै पोखरा महानगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशानलय अनुसार पोखरा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १४ ओटा वडाहरुमा २१ जनामा संक्रमण पुष्टी भएको हो । पुष्टी हुनेमा वडा न २०,२२,१६,३०,१४,४,९,१,३२ का एक एक जना रहेका छन भने ८ ,१० ,१७ र १५ मा दुई दुई जना र ५ मा तीन जना रहेका छन ।
निर्देशानलयका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत हुन भने वडा नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन | अन्य सबैजना contact tracing बाट पहिचान भएको उनले बताए । |
यसै गरी बागलुङ जिल्लामा बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मी,२ जना नेपाल प्रहरी र २ जना बाग्लुङ ईजलासमा कार्यरत, एक जना जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायीलाई संक्रमित पुष्टी भएको छ ।
लमजुङमा ५ जनालाई पनि संक्रमण पुष्टी भएको छ । बेशिशहर नगरपालिकाका वडा न ३ जना र ७ का एक जना, मर्स्याङ्दी गाउपालिकाका एक जनालाई पुष्टी भएको हो ।
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको शर्माले जानकारी दिए ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७५३ पुगेको छ |
