आश तमु पोखरा – पोखरा १३ गौडाको मुखबाट कास्की प्रहरीले लागु औषध सहित एक युवालाई प्रकाउ गरेको छ ।
लागूऔषध सम्बन्धी गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मिति सनिवार साझँ पोखरा वडा नं. १३ गौडाको मुख स्थितमा बाटोमा हिडिरहेको अवस्थामा २५ वर्षिय दिपेश गुरुङलाई चेकजाँच गर्ने क्रममा डाईजापाम २३ एम्पुल, फेनेरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी जम्मा ७१ एम्पुल लागुऔषध र मोवाईल १ थान सहित प्रकाउ गरेको हो ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको कास्की प्रहरीले जनाएको छ ।