पोखराको कालीखोलास्थित भलामतर्फको भीरमा सुख्खा पहिरो गयो, स्थानीय बासिन्दा चिन्तित (तस्बिरसहित)

पोखराको कालीखोलास्थित भलामतर्फको भीरमा सुख्खा पहिरो गयो, स्थानीय बासिन्दा चिन्तित (तस्बिरसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ असोज २०७७
  • 4.7K
    Shares

भालामको भिरमा सुख्खा पहिरो

पोखरा महानगरपालिकाको वडा नम्बर १६ दीप र वडा नम्बर २० भलामको सिमानामा पर्ने कालीखोलामा भलामतर्फको भिरमा सुख्खा पहिरो गएको छ।  सो सुख्खा पहिरोले खोला थुनिएर दीपतर्फको समथर भूभाग कटान गरिरहेको छ भने खोला गहिरिदै जाँदा थप जोखिम बढिरहेको छ।

स्थानीय बासिन्दाले यस्तै खालको सम्भावित सुख्खा पहिरोकाकारण कुनै पनि बेला नेपालकै अग्लो स्थानमा रहेको र लामो मानिएको कालीखोला पुल पनि भत्किने हो कि भन्ने चिन्ता प्रकट गर्छन।

शुक्रबार साँझ करीब साढे ५ बजेको समयमा अचानक ठुलो आवाजका साथ भिरमा पहिरो जाँदा स्थानीय बासिन्दा आतंकित बनेका थिए।  चट्टाने चट्टानले बनेको भीरमा अचानक सुख्खा पहिरो गएको देखेपछि स्थानिय बासिन्दा फेरी पनि त्यस क्षेत्रमा त्यस्तै सुख्खा पहिरो जाने हो कि भनेर त्रसित बनेका छन्।

चट्टानी भीरमा पनि सुख्खा पहिरो गएपछि खोला या नदी किनारमा घर बनाउदा अलिक ध्यान दिनुपर्ने विज्ञहरुले सुझाएका छन्।

भलामको भिरमा सुख्खा पहिरो
भलामको भिरमा सुख्खा पहिरो
भलामको भिरमा सुख्खा पहिरो
भलामको भिरमा सुख्खा पहिरो

प्रतिक्रिया
सम्बन्धित समाचार