घरमा लुकाई राखेको अबैध भरुवा बन्दुक सहित स्याङ्जाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासतमा रहेका अभियुक्त स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–८ बाहकोट निवासी ३३ वर्षीय अमितसिंह ठकुरी रहेका छन्।
ठकुरीको घरमा हातहतियार छ भन्ने गोप्य सूचनाको आधारमा स्याङ्जा प्रहरीले उनको घरमा छापा मार्दा उनी सुत्ने कोठामा लुकाइछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक सहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।