सञ्चारकर्मीद्वय बराल र शेर्पाको पहलमा अलपत्र बिरामी थापा दम्पत्तिलाई लियो क्लबद्वारा सहयोग (भिडियोसहित)

सञ्चारकर्मीद्वय बराल र शेर्पाको पहलमा अलपत्र बिरामी थापा दम्पत्तिलाई लियो क्लबद्वारा सहयोग (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.6K
    Shares

लियो क्लब अफ पोखरा फिस्टेल सिटीले सडकको फोहोर उठाउँदै जिविका चलाइरहेका हेम थापा दम्पत्तिलाई दैनिक जिवनयापनको लागि आबश्यक दैनिक उपभोग्य तथा किचेन सामग्री सहयोग गरेको छ ।

पोखरा ४ गहिरापाटनमा बस्दै आएका थापा दम्पत्तिको दुरावस्था देखेपछि संचारकर्मीद्वय नमुना पोखरा अनलाईन टिभीका सन्देश बराल र रमाइलो पोखरा अनलाईन टिभीका बसन्त शेर्पाको पहलमा लियो क्लब अफ पोखरा फिस्टेल सिटिले उनीहरुलाई सहयोग गरेको हो।

खाना पकाएर खानको लागि आफुसँग केही नभएका थापालाई क्लबले ग्यास सिलिन्डर, चुलो, नुन, तेल, सोयबिन, लगायतका सामग्री सहयोग गरेको अध्यक्ष बिदुर सापकोटाले जानकारी दिए । यसबाहेक क्लबले आफुहरुको योजना र सहयोगमा साथदिने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्दा धेरैलाई सहज हुने भन्दै क्लबले सकेको सहयोग गर्न आग्रह गरेको छ ।

यसैबीच पिडित थापा दम्पत्तिलाई उदयपुर घर भै हाल पोखराको सिमलचौरमा होटल ब्यबसाय संचालन गर्दै आएका कमल तामाङ्गले भाँडावर्तन सहयोग गरेको प्राप्त समाचारमा जनाइएको छ।

बिरामी परेर थलिएकी आफ्नी श्रीमतीको उपचार गर्ने खर्चको अभावमा जिल्ला प्रहरी कार्यालय कास्की अगाडी अलपत्र अवस्थामा देखेपछि आफुहरुले उनीहरुका लागि सहयोगको खोजी गरेको नमुना पोखरा अनलाईन टिभीका सन्देश बरालले जानकारी दिए। संचारकर्मी बरालले दु:खी पिडितलाई सहयोग गरेर उनको जीवन रक्षा गरिदिन आव्हान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार