रौतहटको नारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीले सोमबार पक्राउ परेका अभियुक्तहरुमा रामनरेश पटेल र बालकुमार पटेल रहेका छन्।भदौ ३ गते राति पौने ९ बजे भएको हत्यापछि दुवैजना फरार थिए । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार छन् ।
उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् । फरार रहेका राजेन्द्र पटेल सोमबार पक्राउ परेका बालकुमार पटेलका भतिजा हुन् ।