छ किलो गाँजा सहित भरत्पोखरीबाट दुई जना पक्राउ

छ किलो गाँजा सहित भरत्पोखरीबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०७७
  • 3.9K
    Shares

सन्तोष र शिलास बिक

पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित प्रहरी चौकी भरतपोखरीका प्रहरीले दुई युवालाई छ किलो एकसय ग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेका युवाहरुमा तनहुँको शुक्लागण्डी १२ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने २३ वर्षका संजोक बि.क.  र पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष २० कि शिलास बि.क. रहेका छन्।

प्रहरी चौकी भरतपोखरीबाट खटिएको बिशेष टोलीले गएराती सवारी साधन चेकजाँच गर्ने क्रममा ग ९ प ६०२८ नं.को पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रमामा उनीहरुले बोकेको झोलामा लागूऔषध गाँजा ६ के.जी. १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ।

प्रहरीले उनीहरुविरुद्ध लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत म्याद थप गरी आबश्यक अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

भारतापोखारीबात बरामद भएको छ किलो गाँजा र मोटरसाईकल

प्रतिक्रिया
सम्बन्धित समाचार