जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पोखराको खसीबजारबाट पांच जनालाई एकलाख ३६ हजार रुपियाँसहित पक्राउ गरेको छ।
प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं.१३ मियापाटन बस्ने बर्ष ४२ को जिबन नेपाली, बाँझापाटन पोखरा बस्ने बर्ष ३५ को ओम बहादुर नेपाली, पोखरा १० रामबजार बस्ने बर्ष ५४ को देबिलाल तिमिल्सिना, चितवन भरतपुर म.न.पा.२५ घर भई हाल जिल्ला पोखरा १४ बिपिमार्ग बस्ने बर्ष ४० को कृष्णहरी दवाडी र तनहु भिमाद नगरपालिका वडा नम्बर २ घर भई हाल पोखरा १४ चाउथे बस्ने बर्ष ४० को ओमबहादुर आले रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर १४ खसीबजारस्थित चन्द्र बहादुर श्रेष्ठको घरमा बस्ने जित बहादुर कुवंरले संचालन गरेको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लि.को कोठामा अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरुको साथबाट प्रहरीले एकलाख ३६ हजार एक सय ७० रुपियाँ र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिएका छन्।