अन्तत: सत्तारुढ नेकपाको सचिबालय बैठकद्वारा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलको अनुमोदन

अन्तत: सत्तारुढ नेकपाको सचिबालय बैठकद्वारा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलको अनुमोदन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०७७
  • 2.7K
    Shares

सत्तारुढ नेकपाको सचिबालय बैठक

अन्तत: सत्तारुढ नेकपाको सचिबालय बैठकले पार्टीको आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठकले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा बनेको कार्यदललाई अनुमोदन गरेको हो । कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र थप छलफलका लागि बैठकमा पेस हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका छन् । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री केपी ओलीनिकट, शर्मा र भुसाल दाहालनिकट तथा पाण्डे र रावल नेपालनिकट मानिन्छन् । यस समितिले पार्टीमा देखिएको आन्तरिक किचलो मिलाउन गृहकार्य गरिरहेको बताइएको छ।

यस अघि पार्टीका शिर्षस्थ नेताहरु माधब कुमार  नेपाल, झलनाथ खनालले पार्टी पार्टी अध्यक्ष दाहाललाई भेटेर अध्यक्षद्वय ओली र दाहालको सहमतिमा बनेको बिबाद समाधान कार्यदलप्रति असन्तुष्टि जनाउदै गठन प्रक्रियाप्रति असहमति जनाएका थिए।  उनीहरुले उक्त कार्यदललाई सचिबालय बैठकमार्फत बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार