झन्डै साढे चार वर्ष अघि गोरखाकी फूलमाया बानियाँलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेका एक युवालाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरेको छ।
तात्कालिन अवस्थामा जिल्ला अदालत गोर्खाले बानियाँलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै पांच वर्ष कैद सजायं तोकेका गोरखा पालुङटार -६ घर भई हाल पोखरा – ९ बस्ने बर्ष २५ को सुरेश नेपालीलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो।
२०७२ साल मंसिर १० गते नेपालीले गोरखाकी फूलमाया बानियाँलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा गोरखा जिल्ला अदालतले ५ बर्ष कैद कैद फैसला सुनाएको थियो । तर त्यस फैसलाविरुद्ध परेको पुनराबेदनमा उच्च अदालत पोखराले समेत मिति २०७३ साल पुष ३ गते सोही फैसला सदर गरेको थियो ।
बानियाँलाई कुटपिट गरेपछि नेपाली भागेर पोखरामा आई लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
कास्की प्रहरीले पक्राउ गरेका नेपालीलाई बिहीबार नै जिल्ला अदालत कास्की समक्ष पेश गरेर कैद भुक्तानको लागि कारागारमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।