नेपलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न भारतबाट शार्पशुटर आउंदै ” भनेर अफवाह फैलाउने एक जना पत्रकारलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ।
आफूलाई पत्रकार दावी गर्ने बिराटनग घर भएका ५४ बर्षीय सुनिल शर्मालाई काठमाण्डौको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार,शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए ।
विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ दावी गर्ने शर्मा आफूलाई दैनिक भारत र त्यस पत्रिकाको पत्रकार दावी गरेका छन्।