एसएसपी अधिकारी विरुद्ध २१ वर्षको कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता

एसएसपी अधिकारी विरुद्ध २१ वर्षको कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ साउन २०७७
  • 3.5K
    Shares

सशस्त्र एसएसपी राजेन्द्र अधिकारी

बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीविरुद्ध अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकतम १५ वर्षको सजाय माग गर्दै शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरेकोमा अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखसमेत रहेका अधिकारीले ती युवतीलाई ३१ असारको बिहान क्वार्टरमा खाना खान बाेलाएका थिए । अधिकारीलाई धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा सोमबार थुनछेक बहसपछि फैसला हुनेछ ।

चितवन घर भएकी अन्दाजी २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै दिएको उजुरीको आधारमा ३१ असारमा उनी पक्राउ परेका थिए । ३१ असारमा पक्राउ परेका अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले १ साउनमा सात दिन, ७ साउनमा सात दिन र १४ साउनमा १४ दिन म्याद थप गरी अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार