१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० साउन २०७७
  • 5.5K
    Shares

ठाकुर कान्त रानाभाट

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।

१४ वर्षीया बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित रानाभाटविरुद्ध पीडित बालिका र उनकी आमाले दिएको उजुरीको आधारमा रानाभाट पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

यसैबीच जनता समाजवादी पार्टीको पालुङटार नगर समितिले अनुसन्धान प्रकृयालाई सहज बनाउनका निम्ति रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार