गुन्डा नाइके बाबु पुन ठगी र मिटर ब्याजको आरोपमा दाङबाट पक्राउ

गुन्डा नाइके बाबु पुन ठगी र मिटर ब्याजको आरोपमा दाङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ साउन २०७७
  • 6.5K
    Shares

बाबु पुन

गुन्डा नाइके बाबु पुन ठगि र मिटर ब्याजको आरोपमा दाङमा पक्राउ परेका छन्। दाङको  घोराही निवासी गुन्डा नाइके पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले आइतवार घोराही बजारबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले उनीविरुद्ध ठगि र मिटर ब्याजको उजुरी परेकाले पक्राउ गरिएको जानकारी दिए ।

दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमीत खड्काका अनुसार, पुनको ‘ब्याकग्राउण्ड’ राम्रो नरहेको र विभिन्न गुन्डागर्दी अपराधजन्य घटनाहरुमा संलग्न रहेको पाइएको छ ।

गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टिएर पुनले आफै ग्याङ बनाएर धम्क्याउने गर्दै आएका थिए । यसअघि पनि पुन पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार