भ्रस्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै उनकै कार्यालयमा कार्यरत कर्मचारीले कुटपिट गरेका छन्।
कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ र कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले करारका दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।
सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका ते दुई कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।