१५ किलो पहेंलो धातुको पोको फालेर भागेको भनिएका चारजनालाई संगठित अपराध मुद्दा, प्रयोग भएको गाडी पनि बरामद

१५ किलो पहेंलो धातुको पोको फालेर भागेको भनिएका चारजनालाई संगठित अपराध मुद्दा, प्रयोग भएको गाडी पनि बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ साउन २०७७
  • 6.1K
    Shares

आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटबाट प्रहरीले बिहीबार बरामद गरेको छ। त्यो पहेंलो धातु फालेर भाग्ने चार जनालाई प्रहरीले नवलपुरबाट पक्राउ गरेको छ।

नखिपोटमा बन्दै गरेको एक घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको प्रहरीको भनाइ छ ।

आधाकिलो सुन र साढे १४ किलो चाँदीको झोला प्रहरीलाई फालेर हिँडेका चारजना आरोपीलाई प्रहरीले संगठित अपराध मुद्दा चलाएको छ ।

संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले चारजना आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।

 महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीका अनुसार, सुन–चाँदी तस्करीमा संलगन मध्येका देवान पटेल, बिजय पटेल र निलेश सखियालाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपुरको समन्वयमा दुम्किवासबाट पक्रेर काठमाडौं ल्याएको थियो ।

तीन आरोपीलाई काठमाडौंको नागढुंगाबाट दुम्कीबास सम्म लैजाने ट्याक्सि चालकलाई पनि प्रहरीले संगठित अपराध मुद्धामा म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार