ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब-इन्जिनियर किशोरकुमार मोक्तान एक लाख ५० हजार घूस रकम सहित सोमबार पक्राउ परेका छन् ।
सोमबार करिब साढे १२ बजेको समयमा नगरपालिकाको कार्यालय परिसरबाटै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।
उनीहरुलाई विकास निर्माणको काम सम्पन्नको भुक्तानी गरिदिए बापत त्यो घुस रकम लिएको आरोप ख्तियाराले छ।