नेपाल प्रहरीको रिक्त दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा डिआइजीद्वय प्रद्युग्न कार्की र निराज्बहादुर शाही सिफारिश भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा सिफारिश समितिको बैठकले डिआइजीद्वय शाही र कार्कीलाई एआईजीका लागि सिफारिश गरेको हो। अद्यापि एआइजी बढुवाका लागि अर्का डीआईजी बिस्वराज पोख्रेल पनि बढुवाको लविङमा थिए ।
हाल शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए भने कार्की विशेष ब्युरोका प्रमुख थिए । बढुवा सूचीमा परेका दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचीका हुन् ।
तीन जना एआइजी पदको दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले एआईजी हरिबहादु पाल कार्यरत छन् । उनी प्रहरी महानिरिक्षक पदका दाबेदार थिए।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँगै ३० वर्षे सेवा हदका कारण एआईजी तारिणीप्रसाद लम्सालले अवकाश पाएका थिए । त्यसपछि प्रहरीमा दुई एआईजीको दरबन्दी खाली भएको थियो ।