वलात्कार गरेको आरोपमा झाडीमा लुकिरहेका सशस्त्र एसएसपी राजेन्द्र अधिकारी पक्राउ

वलात्कार गरेको आरोपमा झाडीमा लुकिरहेका सशस्त्र एसएसपी राजेन्द्र अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ साउन २०७७
  • 7.8K
    Shares

सशस्त्र एसएसपी राजेन्द्र अधिकारी

बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी झाडीमा लुकिरहेको अवस्थामा पोखराबाट पक्राउ परेका छन् ।

हुलदङ्गा व्यवस्थापन तालिम शिक्षालय लाम्पाटन पोखराका प्रमुख समेत रहेका एसएसपी अधिकारी माथि चितवनकी  एक आफन्त महिलालाई सशस्त्र प्रहरीको पोखरास्थित आफ्नै निवासमा बोलाएर लठ्याउने औषधि खुवाई वलात्कार गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार, बुधबार दिउँसो ३ बजे ती महिलाले जिल्‍ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा टेलिफोन गरी रूँदै एसएसपीले बलात्कार गरेको मौखिक उजुरी गरेकी थिइन् ।

महिलाले टेलिफोन गरेपछि सुरुमा प्रहरी टोली महिला भएको ठाउँमा पुगी पिडित महिलाको स्वास्थ्य जाँचका लागि अस्पताल पठाएर प्रहरी टोली लामापाटनस्थित नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा पुगेको थियो । तर उनी कार्यालय र निवास दुबै ठाउँमा भेटिएनन् ।

डीएसपीको नेतृत्वमा खटिएको टोलीले एसएसपी अधिकारीलाई नभेटेपछि उनलाई खोज्न गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालको निर्देशनमा कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ आफैं लामापाटन पुगेका थिए ।

प्रहरीले सोधखोज गर्दा अधिकारी कार्यालय हाताबाट बाहिर नगएको पत्ता लागेपछी ब्यापक खोजी गर्ने क्रमामा कार्यालय हाताभित्र रहेको झाडीमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको समाचार स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार, महिलालाई लकडाउनका बेला पोखरासम्म आउने प्रबन्ध एसएसपी अधिकारीले नै मिलाएका थिए । आवासमा खानासँगै लठ्याउने औषधी खुवाएर बलात्कार गरेको ती महिलाले बताएकी छन् ।  ती महिला लामो समयदेखि चिनजान भएको मात्र नभई आफन्त नै हुन् ।

एसएसपी अधिकारी मंगलबारमात्र पोखराबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार