ठगी गरेको आरोपमा पक्राउ परेका पत्रकार साहलाई अभद्र व्यवहार मुद्दामा कारवाही शुरु

ठगी गरेको आरोपमा पक्राउ परेका पत्रकार साहलाई अभद्र व्यवहार मुद्दामा कारवाही शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०७७
  • 3.3K
    Shares

पत्रकार भैयाराम साह

बाराका पत्रकार भैयाराम साहलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई छुटाईदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।  तर जिल्ला प्रहरी कार्यालय बाराले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा अन्तरगत कारवाही चलाएको छ।

प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारीलाई छुटाइदिन्छु भन्दै आफन्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको अवस्थामा पत्रकार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

मोटो रकम माग गरेको र केही रकम असुली गरिसकेको अवस्थामा प्रहरीले उनीविरुद्ध ठगी मुद्दा चलाउनुपर्नेमा अभद्र व्यवहार मुद्दा चलाइएकोमा स्थानिय बासिन्दा आश्चर्यचकित बनेका छन्।  पक्राउ परेका पत्रकार साहबिरुद्ध अभद्र ब्यबहार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले  १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार