तनहुँको आँबुखैरेनीबाट गोरखा जाँदै गरेको को बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले ठक्कर दिदाँ पाँचजना सैनिक घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । ट्राफिक इन्चार्ज ढकालले दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको बताए । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले श्जनाएको छ।