जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीसहित दुई जना ५० हजार घूस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानून व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।
अख्तियार कञ्चनपुरका प्रमुख महेश पाण्डेले विशष सूचनाको आधारमा कानून व्यवसायी विष्टको कार्यालयमा दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको जानकारी दिए।
जवरजस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुई वटा मुद्धामा सहजीकरण गरिदिने भन्दै पीडित पक्षबाट रकम माग गरेको गोप्य सूचनाका आधारमा छापा मारिएको पाण्डेले बताए यो । पक्राउ गरिएका दुबैलाई काठमाडौं पठाइने बताइएको छ।