समाजवादी पार्टीले बिबादित सांसद सरिता गिरीलाई बल्ल स्पस्टीकरण सोध्यो

समाजवादी पार्टीले बिबादित सांसद सरिता गिरीलाई बल्ल स्पस्टीकरण सोध्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ असार २०७७
  • 4.8K
    Shares

सरिता गिरि

मुलुकबिरोधि सार्वजनिक अभिव्यक्ति दिएकी सांसद सरिता गिरीसंग बल्ल बाबुरामा भट्टराइ नेतृत्वको समाजवादी पार्टीले स्पस्टीकरण सोधेको छ।  सोमबार बसेको पार्टी पदाधिकारी बैठकले नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद गिरीसँग पार्टीको ह्विप उल्लङ्घन गर्नुको कारण बारे  स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा सांसद सरिता गिरीले लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएकी थिइन । उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कदम चालेको समाजवादी पार्टीको बुझाई छ ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।र, संसद बैठक बहिष्कार गरेकी थिइन् ।

समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् । पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्‍याएर उनलाई फिर्ता बोलाउन सक्छ ।

नेपालको नयाँ नक्शा सम्बन्धी संबिधान संशोधन प्रस्ताब पारित भए लगत्तै सामाजिक संजालमा आएको टिप्पणीलाई हवाला दिएर सांसद गिरिमाथी पार्टीले कारवाही गरेको अफवाह फैलिएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार