नेपाली रास्ट्रियतामाथि धावा बोल्ने सांसद सरिता गिरीबिरुद्ध राज्य विरुद्धको कसुर सम्बन्धि मुद्दा दर्ता

नेपाली रास्ट्रियतामाथि धावा बोल्ने सांसद सरिता गिरीबिरुद्ध राज्य विरुद्धको कसुर सम्बन्धि मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असार २०७७
  • 7.9K
    Shares

सरिता गिरि

नेपाली रास्ट्रियता माथि धावा बोल्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीबिरुद्ध लागि महानगरीय प्रहरी परिसर टेकुमा राज्य विरुद्धको कसुर सम्बन्धि मुद्दा दर्ता भएको छ।

अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि शुक्रबार मुद्दा दर्ता गरेका हुन् । अदालतले सो मुद्दामा पक्राउका लागि अनुमति दिएपछि प्रहरीले गिरीलाई पक्राउ गर्नेछ ।

सांसद गिरीबाट राष्ट्रिय एकतामा खलल पार्ने काम भएको भन्दै कारबाहीका लागि मुद्दा दर्ता गरिएको बताइएको छ। सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराइन् ।

सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएको थिए ।

 गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार