भत्कियो, डिल्लीबजार कारागारको पुरानो भवन

भत्कियो, डिल्लीबजार कारागारको पुरानो भवन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असार २०७७
  • 3.4K
    Shares

काठमाडौंको डिल्लीबजार चारखालस्थित कारागारको पुरानो भवन भत्किएको छ । शुक्रबार साँझ डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन भत्किएको हो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त कारागारको पुरानो भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको प्रहरीले बताएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

भवन भत्किँदा केहीबेर सडक अवरुद्ध भएको र एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार