यातायात कार्यालय कोशीका चार जना पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रस्टाचार मुद्दा दायर

यातायात कार्यालय कोशीका चार जना पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रस्टाचार मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ जेष्ठ २०७७
  • 6K
    Shares

यातायात व्यवस्था कार्यालय (सवारी) कोशी

यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका चार जना पूर्व प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्‍याएको अभियोगमा तत्कालीन कार्यालय प्रमुखहरू नयनराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध फरक-फरक बिगो कायम गरी आरोपपत्र दाय गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कुल ४१ करोड ९० लाख ५० हजार ४ सय ३० रुपैयाँ रहेको बिगो रकम व्यक्तिगतरूपमा न्यूनतम ४५ हजार ४ सय ६१ देखि अधिकतम् ४ करोड ९४ लाख ९८ हजार ९ सय ६१ सम्म छ।

अख्तियारले दायर गरेको मुद्दा हेर्नुहोस्स् पूरा विवरण:
अख्तियारले दायर गरेको मुद्दा हेर्नुहोस्स् पूरा विवरण:

प्रतिक्रिया
सम्बन्धित समाचार