पुर्व मंत्री एबम नेपाली कांग्रेसका नेता मोहम्मद आफ़्ताद आलमलाई इँटा भट्टामा जिउँदै मान्छे हालेर जलाउने कार्यमा सहयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको रौतहट नरसंहारले परिचित त्यस काण्डमा सहयोगी भूमिका खेलेका बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले पक्राउ गरेको हो।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको उक्त घटना ताका उनी सो इट्टाभट्टामा मिस्त्री रहेको र मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।
उनलाई प्रदेश नम्बर २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए। भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए।
उक्त घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहमद आफ़्ताद आलम अहिले जेलमा छन्। साह हाल जेलमा रहेका आमलका सहयोगी हुन्।