तीन लाख रुपियाँ घुस रकमसहित पाल्पाका एक वडाध्यक्ष रंगेहात पक्राउ

तीन लाख रुपियाँ घुस रकमसहित पाल्पाका एक वडाध्यक्ष रंगेहात पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ जेष्ठ २०७७
  • 3.2K
    Shares

देवेन्द्र पुन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख रुपियाँ घुस रकमसहित पाल्पाका एक वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडाध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रंगेहात पक्राउ गरेको हो।

उनलाई शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग तीन लाख घुस लिने क्रममा आख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी सुरेश भुसालले काठको काम गर्ने एक व्यवसायीसँग काठ लिलाममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। ख्तियारको टोलीले पुनसँगै तीन लाख रकम पनि बरामद गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार