रक्सीले मातेर प्रहरी चौकीमाथि सामुहिक आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ, प्रहरी चौकीलाई सशस्त्र प्रहरीको सुरक्षा

रक्सीले मातेर प्रहरी चौकीमाथि सामुहिक आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ, प्रहरी चौकीलाई सशस्त्र प्रहरीको सुरक्षा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.8K
    Shares

छिवाङ अस्थायी प्रहरी पोष्ट

रक्सीले मातेर प्रहरी चौकीमाथि सामुहिक आक्रमण गरेको आरोपमा प्रहरीले रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको छ ।  बुधबार दिउँसो पक्राऊ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। 

तत्कालिन नेकपा माओवादीबाट निर्वाचित भएका वडाध्यक्ष केसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेपछि ग्याङसहित वडा-१४ स्थित छिवाङ अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेका थिए। सोही क्रममा वडाध्यक्ष केसीले ड्युटीमा रहेका प्रहरीलाई लात्ताले हान्नुका साथै एक प्रहरीको पेस्तोल समेत खोसेका थिए।  तर प्रहरीले सो पेस्तोल फिर्ता गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी पोष्ट छिवाङका इञ्चार्ज सई धनबहादुर साउँदले मंगलबार बेलुका सवा ८ बजेतिर मदिराले मातेका वडाध्यक्ष केसीको नेतृत्वमा उनका भाइ राजन केसी, छोरा विमर्ष केसी, स्थानीय खिमराज गिरी, हरि ददेल, पूर्णबहादुर ददेललगायत ३०-४० जनाको समूहले प्रहरी पोष्टमा आएर एक्कासी ढुँगामुढा गरेको बताए। वडाध्यक्ष केसीले ड्युटीमा रहेका प्रहरी जवान मदन कठायतलाई लात्ताले हानेर लडाएको सई साउँदले जानकारी दिए ।

टन्न रक्सी खाएर मोटरसाइकलको हर्न बजाउँदै आएको वडाध्यक्ष केसी समेतको टोलीले चेकजाँचको लागि राखिएको गेट खोल्न ढीला गरेको भन्दै प्रहरी जवान मदन कठायतलाई लात्ताले हानेर लडाउदै गाली गरेको प्रहरीको दाबी छ।  त्यसपछि वडाध्यक्ष नेतृत्वको टोलीले प्रहरी चौकीमाथि आक्रमण गरेका थिए।  लाठी, चक्कु र नाइनस्टिकसहित आएका उनीहरुले प्रहाई चौकीमा रहेका कुर्सी लगायातका फर्निचर तोडफोड गर्नुका साथै चौकीमा ढुँगामुढा गरेको बताइएको छ। प्रहरी पोष्टमा भएको हल्लाखल्ला पछि स्थानीय महिलाहरू आएपछि वडाध्यक्षको ग्याङ त्यहाँबाट गएको प्रहरीले बताएको छ।

प्रहरी चौकीमा वडाध्यक्षको नेतृत्वमा आक्रमण भएपछि सशस्त्र प्रहरीका १०-१२ जना पुगेर चौकीको सुरक्षा गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार