दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृत पक्राउ

दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृत पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ जेष्ठ २०७७
  • 5.1K
    Shares

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको हो । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाए वापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक/एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार