नेपालले मिचिएको भुमिसहित नयाँ नक्शा पारित गरेको भोलिपल्ट चीनले भन्यो, “स्थिति जटिल बनाउन सक्ने एकपक्षीय कदमबाट दुबै देश बच्नु।”

नेपालले मिचिएको भुमिसहित नयाँ नक्शा पारित गरेको भोलिपल्ट चीनले भन्यो, “स्थिति जटिल बनाउन सक्ने एकपक्षीय कदमबाट दुबै देश बच्नु।”


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 5.1K
    Shares

प्रवक्ता झाओ लिजियान

नेपालले आफ्नो  मिचिएको भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्शा पारित गरेको भोलिपल्टै छिमेकी देश चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले यस्तो  कुरा बताएका हुन्।  सम्मेलनमा उनले अघि भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको छ।  तर चिनियाँ विदेश मन्त्रालयका प्रबक्ता झाओ लिजेनले,‘अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्न नहुने” बताए। उनले स्थिति जटिल बनाउन सक्ने एकपक्षीय कदमबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

यसअघि, मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गरेको’जानकारी दिएका थिए । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमासम्बन्धी प्रश्‍नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताएका थिए ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ । तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार