मुस्ताङबाट बिरामी लिन आएको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठेबोटबाट कालिगण्डकी नदीमा खस्दा एम्बुलेन्स चालक बेपत्ता भएका छन्।
सुत्केरीलाई लिन आएको लेते स्वास्थ्य चौकीको ग १ झ ३०११ नम्बरको एम्बुलेन्स कालिगण्डकी नदीमा खस्दा चालक सुजन विक बेपत्ता भएको हुन् । एम्बुलेन्स सडकबाट कालिगण्डकीमा खसेको अवस्थामा भेटिएपनि मुस्ताङ थासाङ गाउँपालिका–४ का चालक विकको अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ। सो एम्बुलेन्समा चालक बाहेक कोही नभएको बुझिएको छ ।
प्रहरीको सुरक्षा पोष्टमा दर्ता भएको चालकको विवरणमा समेत सुत्केरी ल्याउन जाने खुलेको छ । घटनास्थलमा प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायत स्थानीयले चालकको खोजीकार्य गरिरहेका छन् । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।