महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ४ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
काठमाडौ महानगरपालिका ९ शम्भुमार्गमा रहेको होलिडे इन होटलबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोल गोली ६ राउण्ड सहित बुधवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका रहेका छन् ।