भारतको दक्षिणी राज्य केरलास्थित एक प्रसिद्ध मन्दिर सबरीमाला मन्दिरमा सबै महिलाहरूलाई प्रवेश गर्न दिनु भनी सर्वोच्च अदालतले गरेको निर्णयविरूद्ध हिन्दू कट्टरपन्थीहरूले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतले गत महिना महिलाहरूको प्रार्थना गर्ने अधिकारको उल्लंघन भएको भन्दै १० देखि ५० वर्षसम्मको उमेरका महिलाहरूलाई सबरीमाला मन्दिर प्रवेशमा लगाइएको प्रतिबन्ध उल्ट्याइदिएको थियो ।
त्यस फैसलापछि आक्रोसित हिन्दु धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णय अनुसार केरालाको सवरीमाला भित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका छन् । प्रदर्शनकारीहरूले सवारीसाधनहरूलाई ढुंगा हानेका थिए र प्रहरी अधिकारीहरू माथि खनिएका थिए ।
गत महिना सर्वोच्च अदालतले धर्मको अनुसरण गर्ने अधिकार महिला र पुरुष दुवैलाई भएको भन्दै महिलालाई मन्दिर प्रवेश गर्न दिने फैसाल सुनाएको थियो ।