गएरातिको भिषण वर्षापछि रसुवाको टिमुरेमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ l अझै १० जना बेपत्ता छन् ।१२ घाइतेलाई उपचारको लागि टिमुरे स्वास्थ्य चौकीमा ल्याइएको छ । पहिरोले टिमुरेमा रहेको अस्थायी प्रहरी पोष्ट बगाएको छ ।
उद्दारका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलसहितको टोली घट्नास्थलमा पुगेको छ । पानी अझै परिरहेकाले उद्दारमा समस्या आएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको पौडेलले बताए ।